एजेन्सी । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको समूह चरणको ‘ड्र’ इस्तानबुलमा सम्पन्न भएको छ ।
साविक विजेता चेल्सीले समूह ‘एच’मा इटालियन महारथी युभेन्टसका साथै रुसको जेनिट सेन्ट पिट्सबर्ग र माल्मोसँग प्रतिस्पर्धा गर्नेछ भने गत सिजनको उपविजेता इङलिस प्रिमियर लिगकै अर्को टोली म्याचनेस्टर सिटीले समूह ‘ए’ मा स्टार खेलाडीले भरिपूर्ण फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) र जर्मनीको आरबी लिपजिगका साथै क्लब ब्रुगेसँग खेल्नेछ ।
म्यानचेस्टर युनाइटेडले समूह ‘एफ’मा भिलारियाल, एट्लान्टा र योङ ब्वाइजसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी प्रिमियर लिगको अर्को टोली लिभरपुल भने समूह ‘बी’मा एट्लेटिको मड्रिड, एफसी पोर्टो र एसी मिलानसँग परेको छ ।
रियाल मड्रिडले समूह ‘डी’मा तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । रियालले समूह चरणमा इटालियन च्याम्पियन इन्टर मिलानसँगै शाख्तर डोनेस्क र च्याम्पियन्स लिगमा पहिलो पटक सहभागिता जनाउन लागेको शेरिफ टिरास्पोलसँग खेल्नेछ ।
कुन समूहमा को :
समूह ‘ए’ : म्यानचेस्टर सिटी, पिएसजी, आरबी लिपजिग, क्लब ब्रुगे
समूह ‘बी’ : एट्लेटिको मड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान
समूह ‘सी’ : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमन्ड, आयाक्स, बेसिक्टास
समूह ‘डी’ : इन्टर मिलान, रियाल मड्रिड, शाख्तर डोनेस्क, शेरिफ टिरास्पोल
समूह ‘इ’ : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किभ
समूह ‘एफ’ : भिलारियाल, म्यानचेस्टर युनाइटेड, एट्लान्टा, योङ ब्वाइज
समूह ‘जी’ : लिले, सेभिया, एफसी साल्जबर्ग, उल्फसबर्ग
समूह ‘एच’ : चेल्सी, युभेन्टस, जेनिट सेन्ट पिट्सबर्ग, माल्मो

UEFA Champions League 21/22 group stage draw
UEFA Champions League (2021/22) group stage draw
Group A: Man City, PSG, RB Leipzig, Club Brugge
Group B: At. Madrid, Liverpool. Porto, AC Milan
Group C: Sporting CP, Borussia Dortmund, Ajax, Besiktas
Group D: Inter, Real Madrid, Shakhtar, FC Sheriff
Group E: Bayern, Barcelona, Benfica, Dynamo Kyiv
Group F: Villarreal, Man United, Atalanta, Young Boys
Group G: Lille, Sevilla, Salzburg, Wolfsburg
Group H: Chelsea, Juventus, Zenit, Malmo
29.12¡ÆC