संसदीय दलको नेतामा आचार्य चयन, आजै मुख्यमन्त्रीको शपथ लिने

भदौ १०, २०७८ मा प्रकाशित | 449 views

काठमाडौँ । नेकपा एमाले प्रदेश-१ को संसदीय दलको नेतामा भीम आचार्य चयन हुनु भएको छ । मुख्यमन्त्री शेरधन राईको राजीनामा पछि आचार्यलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ । यसअघि शेरधन राईसँग २ मत अन्तरले पराजित भएका आचार्यलाई राईकै समर्थनमा पुन : संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । प्रदेश-१ मा एमालेका ५१ जना सांसद छन् । प्रदेश सभामा मुख्यमन्त्री बन्न ४७ जना सांसद आवश्यक पर्छ ।

कांग्रेसका २१, माओवादीका १५, जसपाका ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक जना सांसद छन् । माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीमा आठ जना मात्रै सांसद गए भने पनि एमाले सरकार ढल्ने निश्चित छ । तर, त्यो सङ्ख्या समाजवादीमा नरहेको एमालेका नेताहरुको दाबी छ ।

एमालेले आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरेपछि नेपाल पक्षले त्यसलाई रोक्ने प्रयास थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web