एजेन्सी,असार ४ । कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिवार बिहान भएको खेलमा पेनाल्टी सुट आउटमा पेरुलाई ४–२ गोल अन्तरले पराजित गर्दै कोलम्बिया सेमिफाइनल प्रवेश गरेको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पेनाल्टी सुटआउटमा पेरुका दुई खेलाडी गोल गर्न चुकेपछि कोलम्बियाले खेल ४–२ ले जित्यो। पेनाल्टी सुटआउटमा पेरुका मिगुएल एन्जेलको प्रहार कोलम्बियाका गोल रक्षकले उत्कष्ट बचाउ गरे भने क्रिष्टियन अल्बेर्टोको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो। फाइनल प्रवेशका लागि अब कोलम्बियाले चिली र मेक्सिकोबीचको बिजेतासँग खेल्नेछ।

23.12¡ÆC