८ लाख डोज भेरोसेल खोप आइपुग्दै

भदौ २, २०७८ मा प्रकाशित | 526 views

काठमाडौँ । चीनबाट आज (बुधवार)आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै छ ।

चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये आज (बुधबार ) र भाेलि (बिहीबार ) गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आउन लागेको हो।

नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ।

नेपालमा अहिलेसम्म २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी १ करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web