एजेन्सी । अफगानिस्तानको राजधानी काबुलका सर्वसाधारणसंग भएका हतियार बुझाउन तालिबान अधिकारीले अपिल गरेका छन् । उनीहरुले अब अफगानिस्थानमा हिंसा अन्त्य भएको भन्दै सर्वसाधारणलाई आफूहरुसंग भएको हतियार राज्यलाई अर्थात अब सरकारको नेतृत्व गर्न लागेको तालिबानलाई बुझाउन अनुरोध गरेको हो ।
बीबीसीको अरबी सेवाका अनुसार तालिबानका एक अधिकारीले भनेका छन्, ‘नागरिकले आफ्नो सुरक्षाका लागि हतियार राख्नुपर्ने दिनको अन्त्य भएको छ । अब जनताको सुरक्षाको जिम्मेवारी राज्यको हुनेछ । सर्वसाधारणलाई नोक्सान नहुने गरेर हतियार राज्यलाई बुझाउन आग्रह गर्दछौ । ”
तालिबानका हतियारधारी लडाकु सोमवार स्थानीय टीभी च्यानल टोलो न्युजको भवन पुगेर त्यहाँका सुरक्षाकर्मीको हतियार लिएका थिए ।
टोलो न्युजले एक ट्वीट गर्दै भनेको छ, ‘तालिबान काबुलमा रहेको हाम्रो भवनमा आए, हाम्रा सुरक्षाकर्मीबारे हतियारको बारेमा सोधे । हामीलाई सरकारले दिएको हतियार फिर्ता लिए र हामीलाई सुरक्षित राख्ने वचन दिएका छन् ।’ आफ्नो टीभी च्यानल विना कुनै रोक चलिरहेको र सबै कर्मचारी सुरक्षित भएको टोलो न्युजले बताएको छ ।
15.39¡ÆC