ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गता भएकालाई निशुल्क एम्बुलेन्स

साउन ३२, २०७८ मा प्रकाशित | 434 views

गोरखा । शहीद लखन गाउँपालिका- ७ का ज्येष्ठ नागरिक, गर्भवती तथा अपाङ्गता भएकाहरुले निशुल्क एम्बुलेन्स सेवा पाउने भएका छन् ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएर थप उपचारका लागि गोरखा अस्पताल लैजानुपर्नेहरुलाई वडा कार्यालयले निशुल्क एम्बुलेन्स उपलब्ध गराउने भएको छ ।

‘चालु आर्थिक बर्षबाट यो सेवा शुरु गरेका हौं,’ वडाध्यक्ष शरण श्रेष्ठले भने, ‘बुंकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई स्वास्थ्यकर्मीको सिफारिसको आधारमा गोरखा अस्पतालसम्म जान निशुल्क एम्वुलेन्स सेवा दिन्छौ ।’

बुंकोट स्वास्थ्य चौकीबाट गोरखा अस्पतालसम्मको एम्बुलेन्स शुल्क हाल १ हजार ८ सय रुपैयाँ छ । निशुल्क एम्वुलेन्स सेवाले ज्येष्ठ नागरिक, अपांगता भएका र गर्भवतीलाई राहत हुने वडाध्यक्ष श्रेष्ठले बताए । सम्भव नेपाल नामक संस्थाले केही समयअघि शहीद लखन गाउँपालिकासहित अन्य चार स्थानीय तहलाई एम्वुलेन्स प्रदान गरेको थियो ।

सोही एम्बुलेन्सबाट ७० बर्ष नाघेका ज्येष्ठ नागरिक, गर्भवती तथा अपाङ्गता भएकाहरुलाई वडा कार्यालयले निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web