काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणका कारण ५५ जनाको ज्यान गएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ९३ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
निषेधाज्ञाको समयमा सङ्क्रमित घटेसँगै ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको भए पनि केही दिनदेखि अस्पताल भर्ना हुने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ३३ जनाको पीसीआर र तीन हजार तीन सय ४५ जनाको एन्टिजेन गरी १२ हजार तीन सय ७८ जनाको नमुना परीक्षण गर्दा दुई हजार पाँच सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यो कुल परीक्षणको साढे २० प्रतिशतभन्दा धेरै हो । अहिलेसम्म नेपालमा सात लाख ८३ हजार तीन सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै थप दुई हजार २९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार दुई सय ९९ जना पुगेको छ ।
अहिले नेपालमा ३५ हजार चार सय ८५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।
22.33¡ÆC