प्रदेशसभाको विशेष अधिवेशन साउन २७ मा

साउन २१, २०७८ मा प्रकाशित | 457 views

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आगामी साउन २७ बोलाइएको छ । विपक्षी गठबन्धन मंगलबार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरी प्रदेश प्रमुख अमिक शेरचनसामू विशेष अधिवेशन आह्वान गर्न समावेदन गरेका थिए ।

सोही समावेदनअनुसार संविधानको धारा १८३ को उपधारा ३ बमोजिम प्रदेशसभा आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल गर्न साउन २७ गते दिउँसो १ बजेका लागि प्रदेशसभा आह्वान गरिएको हो ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोका ३४ जना सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web