कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन

साउन १७, २०७८ मा प्रकाशित | 453 views

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्न निर्देशन दिएको छ । वैदेशिक रोजगारी तथा अन्य कामको शिलशिलामा विदेश यात्रा गर्नुपर्ने नागरिकहरुलाई खोप लगाएको प्रमाणपत्र नि:शुल्क दिन मन्त्रालयले आइतबार परिपत्र जारी गरेको हो । केही अस्पतालहरूले प्रमाणीकरण गरेबापत् शुल्क लिएको गुनासो आएकाले मन्त्रालयले उक्त निर्देशन दिएको हो । वैदेशिक रोजगारी तथा अन्य कामको सिलसिलामा विदेश जानुपर्दा खोप लगाएको प्रमाणीकरण गराउनुपर्ने हुन्छ । साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। खोप लगाएको प्रमाणीकरणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल मीनभवन, पाटन अस्पताल लगनखेल र सशस्त्र प्रहरी अस्पताल बलम्बुले अनुमति पाएका छन् । पहिले शुक्रराज अस्पताल टेकुबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । प्रमाणीकरणका लागि भीड बढेपछि थप तीन अस्पतालहरूलाई पनि प्रमाणीकरण गर्नका लागि अनुमति दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web