प्रदिप नेपाल,
त्रिशूली । नुवाकोट जिल्ला बिदुर नगरपालिकामा किसान लुट्न खोज्ने गिरोह पक्राउ परेको छ । बिदुर नगरपालिका १२ का टाकाराज रिमाल (कृष्ण )लेआफ्नो गणेशपोल्ट्री फर्ममा नमुनाह्याचरी बट्टारबाट कुखुरापालेको हुर्के सङै बेच्नको लागी नमुना ह्याचरीले महापाली कोल्ड स्टोर काठमाडौलाई कुखुरा लिन बोलाएका थियो । कुखुरा खोरबाटै जोखेर प्रतिकिलो २४७ मा लाने भनेर कुखुरा जोख्न थाले उनीहरुले ल्यायको काटाको भर नगरेर आफ्नै काटा प्रयोग गर्दा सुरुमा सहि थियो तर कुखुरा जोख्न थालेपछि कुखुराको तौल कम देखाउन उनिहरुले काटा मुनि ढुङा घुसाइ ३८३ वटा कुखुरा जम्मा ४२३ किलो देखायपछी शंका लागेर काटामा जोखिदा ७० केजिका शौरभ रिमाल लाइ जम्मा ३५ केजि देखायपछी केहो भनेर सोध्दा दुइजना अत्तालिदै भागेका थिय तर ड्राइभर बालमुकुन्द लुइटेल भने भाग्न भ्यायन र कृषक टाकाराज रिमालले प्रहरीलाइ खबर गरि देबिघाट प्रहरी चौकीका प्रहरीहरु घटना स्थानमै गइ राती ९ बजे प्र ३-०१-००३ क ४९६६ न को गाडि नियन्त्रणमा लिन सफल भयको थियो । आज बिहान १० देबिघाट चौकीमा छलफल गर्दा गल्ती स्विकार्दै महापाली कोल्डस्टोरका सञ्चालक ले आफू संलग्न नभयपनी आफ्ना कामगर्ने कर्मचारीले गल्ती गरेकोमा क्षमा माग्दै क्षतिपूर्ति समेत तिरेको किसान टाकाराज रिमालले जानकारी गराउनु भयो ।
20.82¡ÆC