टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान, अघिल्लो चरणमा भने पुग्न सकेनन्

साउन १२, २०७८ मा प्रकाशित | 518 views

काठमाडौँ । जापानमा चलिरहेकाे टोकियो ओलम्पिकमा नेपालका पौडी खेलाडी अलेक्जेन्डर शाह एलेक्सले हिट चरण पार गरेका छन् । पुरुषको एक सय मिटर फ्री स्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै एलेक्सले हिट चरण पार गरेका हुन् ।

एलेक्सले ५३ दशमलव ४१ सेकेन्डको समयमा एक सय मिटरकाे दुरी पार गरे । यसअघि उनकै नाममा ५५ दशमलव ३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।

एक सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धामा ७१ जना खेलाडीमध्ये एलेक्स ५९ स्थानमा रहन सफल भए । उनी सेमिफाइलन पुग्नबाट भने चुकेका छन् ।

पौडीकै गौरिका सिंहले भोलि बुधवार खेल्दै छिन् । यसअघि नेपालका शुटिङ र जुडोका दुई जना खेलाडी प्रारम्भिक चरणबाटै बाहिरिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web