सातै प्रदेशमा अक्सिजन मौज्दात राख्‍न स्वास्थ्य मन्त्रालयको निर्देशन

साउन १२, २०७८ मा प्रकाशित | 366 views

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले कोभिडको अर्को लहर आउन सक्ने भन्दै प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कम्तिमा एक हजार वटा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिइएको बताएका छन् ।

मन्त्रालयले मौजुदा सिलिन्डरहरु पनि खाली नराख्‍न आग्रह गर्दै अक्सिजन प्लान्ट,अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटरहरु चालु र चुस्‍त अवस्थामा राख्‍न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web