दोधारा चाँदनीमा सौर्य उर्जामा आधारित बिद्युतिय तारबार

असार १, २०७३ मा प्रकाशित | 708 views

पप्पु गुरुङ्, १ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा जंगली हात्तीले पुगाउदै आएको क्षति रोक्न आरक्ष कार्यालयले सौर्य उर्जामा आधारित बिद्युतिय तारबारको ब्यबस्था गरेपछि स्थानीय कृषक हर्षित बनेका छन् । भारतीय सिमा जोडिएको दोधारा चाँदनीमा जंगली हात्तीले गरिरहेको क्षति रोक्न आरक्षले परिक्षणका रुपमा बिद्युतिय तारबारको योजना अघि सारेको छ । सौर्य उर्जामा आधारित बिद्युतिय तारबारले किसानहरुको अन्नबाली जोगाउन तथा मानविय क्षती हुन रोक्न सहयोगी हुने भएकाले शुक्ला फाँटा वन्य जन्तु आरक्ष कार्यालयले तारबारको नयाँ तरिका परिक्षणका लागी कञ्चनपुरको दोधारा चाँदनीको वडा नं. ३, बडुवाल टोलमा योजना अनुरुप बिद्युतिय तारबार लगाईएको आरक्ष कार्यालयले जनाएको छ् । जंगली हात्तीको आतंक रोक्न प्रयोग गरिदै आएका अन्य उपायका दाँजोमा सौर्य उर्जामा आधारित बिद्युतिय तारबार प्रभावकारी हुने आरक्ष अन्तर्गत गठित हिमालय मध्यवर्ती उपभोक्ता समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । ४ किलोमिटर लामो  क्षेत्रमा बिद्युतिय तारबारले दोधारा चाँदनीको बडुवाल टोल क्षेत्र घेरवार गरिएको स्थानिय चन्द्र सिंह लोहारले जानकारी दिनुभएको छ् । “आज बाट बिद्युत छाड्ने तयारी गरेका छौं” स्थानिय लोहारले बताउनु भयो । बिद्युतिय तारबारमा आज देखि बिद्युत छाड्ने तयारीको लागी सबैमा सार्वजनिक सुचना समेत प्रकाशित गरिएको बताईएको छ् । भु–परिधी कार्यक्रम (ताल) तथा शुक्लाफाँटा वन्य जन्तु आरक्ष कार्यालय कञ्चनपुरले र स्थानिय, सामुदायिक बनको सहयोग रहेको हो । ३ किलोमिटर लम्बाईको बिद्युतीय तारवार जडान पश्चात बडुवाल टोलमा हात्तीको आतंक निर्मुल हुने स्थानियहरु बताएका छन् । १ सय २५ घरधुरी रहेको बडुवाल टोलमा ६ सय ६९ परिवार बसोबास गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web