काठमाडौँ । देशभर थप ३ हजार ११४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जनामा र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २ हजार १९७ जना संक्रमण मुक्त भएका छन्।
यस्तै, थप १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। देशभर संक्रमणका कारण ९ हजार ६९५ जनाको मृत्यु भइसकेको छ।
मन्त्रालयको तथ्यांका अनुसार काठमाडौं उपत्यकामा थप ६१५ नाममा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौंमा सबैभन्दा बढी ४२१ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा १०८ जना र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ।
20.61¡ÆC