भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गयो

साउन ८, २०७८ मा प्रकाशित | 377 views

काठमाडौँ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प बिहान ७:०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web