टोकियो ओलम्पिकका लागि १० सदस्यीय टोली जापान जाँदै

साउन १, २०७८ मा प्रकाशित | 1068 views

काठमाडौँ । टोकियो ओलम्पिकमा सहभागी हुन आज १० सदस्यीय टोली जापान जाँदै छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेप सदस्य सचिव रमेशकुमार सिलवालको नेतृत्वमा जुडो खेलाडी सोनिया भट्ट, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, सुटिङकी कल्पना परियार, सुटिङका प्रशिक्षक असिम यादव, नेपाल ओलम्पिक कमिटी एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज वैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सूर्य नारायण श्रेष्ठ जापान जाने छन् ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने आउँदो सोमवार पाँच सदस्यीय टोली जापान जाने छ । यस्तै साउन १० गते राखेप उपाध्यक्ष शिव कोइराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक इन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना जापान जाने छन् ।

यसअघि पौडीका तीन सदस्यीय नेपाली टोली जापान पुगिसकेका छन् । टोकियो ओलम्पिक आउँदो ८ गतेदेखि हुँदैछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरी २६ सदस्यीय टिमको सहभागिता रहनेछ । ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web