नयाँ परिस्थितिमा गठबन्धनमा नरहन पनि सक्छौं : नेता नेपाल

असार २८, २०७८ मा प्रकाशित | 421 views

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने संकेत गरेका छन् ।सर्वोच्च अदालतको फैसलापछि सोमबार साँझ कोटेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले एमाले एकता भए आफू गठबन्धनमा नरहने बताएको एक नेताले जानकारी दिए ।

‘प्रतिगमनविरुद्धको संघर्षको एउटा कोर्स सकियो । त्यो सफल पनि भयो । हाम्रो पार्टीभित्र एकताको पनि कुरा भइराखेको छ । नयाँ परिस्थितिमा हामी गठबन्धनमा नरहन पनि सक्छौं,’ नेपालले भनेका थिए ।

सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । त्यसै अनुसार देउवाले मंगलबार नै प्रधानमन्त्रीको सपथ लिने र सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने सम्भावना छ । नेपाल निकट नेता रघुजी पन्तले सरकारमा जाने वा नजाने भन्नेबारे एमालेले निर्णय गर्ने बताए ।

एमालेको विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलले आइतबार साँझ दस बुँदे सहमति गरेको थियो । उक्त सहमतिलाई नेता नेपालले असहमति जनाएका थिए । तर, गठबन्धनको बैठकमा एमाले एकताका लागि प्रयास गर्ने बताएर देउवालाई विश्वासको मत नदिने संकेत पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web