वायु सेवा निगम निजीकरण गर्ने कुनै योजना छैन : मन्त्रालय

असार २७, २०७८ मा प्रकाशित | 406 views

काठमाण्डाै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई निजीकरण गर्ने कुनै योजना नभएको स्पष्ट पारेको छ ।

निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् भने चौतर्फी विरोध पनि भइरहेको छ । तर मन्त्रालयले भने आज आइतवार विज्ञप्ति निकालेर निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नभएको स्पष्ट पारेको छ ।

निजीकरणको प्रक्रियाका बारेमा कुनै छलफल नै नभएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले निकाल्नुभएकाे विज्ञप्तिमा भनिएको छ, निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रूपान्तरण गर्ने कुनै योजना एवम् कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा अहिलेसम्म कुनै छलफलसमेत नभएको ब्यहाेरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।

निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न व्यक्तिबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्य/तथ्यको पक्षमा उभिन अपिल गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web