काठमाडौँ । कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले १४औँ महाधिवेशनको सन्दर्भमा युवा नेतासँग छलफल सुरु गरेका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित अनमोल फुडल्यान्डमा केसीले सोमबार युवा नेताहरूसँग छलफल गरेका हुन् ।
केसीले युवा नेताहरू गगन थापा, चन्द्र भण्डारी, बद्री पाण्डे, गुरुराज घिमिरे, किरण यादव, रामकृष्ण यादवलगायतसँग छलफल गरेका हुन् ।
केसीले १४औँ महाधिवेशनमा संस्थापनइतरबाट सर्वसम्मत उम्मेदवार तय गर्नुपर्ने र शेरबहादुर देउवालाई नेतृत्वबाट बिदाइ गर्नुपर्ने बताएका छन् । नेतृत्वका लागि युवा पनि एकढिक्का भएर आउनुपर्नेमा केसीको जोड छ ।
१३औँ महाधिवेशनमा केसी देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार थिए । देउवा निर्वाचन भए पनि महामन्त्रीमा भने रामचन्द्र पौडेल प्यानलका डा. शशांक कोइराला निर्वाचन भएका थिए । देउवाले धोका दिएको केसीको बुझाइ छ ।
यसअघि केसीले संस्थापनइतरका सभापतिका आकांक्षीको छलफलको वातावरण बनाएका थिए ।
20.12¡ÆC