अन्तरविद्यालय कराते: आयोजक पारामाउन्टलाई उपाधि

जेष्ठ ३२, २०७३ मा प्रकाशित | 837 views

काठमाडौं,जेठ ३२ । आयोजक पारामाउन्ट एकेडेमी, नेपालले दोश्रो पारामाउन्ट इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । गत संस्करणको च्याम्पियन पारामाउन्टले १६ स्वर्ण जित्दै टिम च्याम्पियन बन्नुका साथै उपाधि पनि रक्षा ग¥यो ।

नेपालकै इन्टेन्सिभ स्कुल दोश्रो भयो । इन्टेन्सिभले ८ स्वर्ण हात पा¥यो । तेश्रो स्थानमा रहेको भारतले ५ स्वर्णमा चित्त बुझायो ।

पुरुषमा इन्टेन्सिभका सोनु थापा तथा महिलामा भारतकी विशारा प्रित कौर उत्कृष्ट खेलाडी घोषित भए । सोनुले ४ स्वर्ण तथा विशाराले २ स्वर्ण र १ कांस्य हात पारे ।

दोलखाको श्री कालिका उमाविले राइजिङ टिमको उपाधि जित्यो । त्यस्तै गोकर्णेश्वरको उत्तर बाहिनी स्कुलले बेस्ट पर्फमेन्सको उपाधि हात पा¥यो ।

पारामाउन्टका लागि समुन्द्र न्यौपाने, अभिक्षा गुरुङ, निरज खत्री, अनिल तामाङ, अनन्त राना मगर, शिव भण्डारी, नलिना घर्ती मगर, अन्जली लिम्बू, सागर न्यौपाने, सविता कँडेल, सन्तोष केसी, सुजिता तामाङ, सचिन गुरुङ, एलिना विक तथा निर्मल पुनले विभिन्न स्पर्धामा स्वर्ण जिते ।

विजेतालाई सांसद् एवं पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, नेपाल तथा दक्षिण एसियाली जापान गोजुरियो केन्वाकाइका प्रमुख प्रशिक्षक विसनसिंह खड्का, पारामाउन्टका संस्थापक निर्देशक प्रमोद पाण्डे, पारामाउन्टका संस्थापक प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा कराते खेलको विकास र विस्तारमा सहयोग पु¥याएवापत पुरेन्द्रविक्रम लाखे, ध्रुवविक्रम मल्ल, हरिशरण केसी, नेपालको पहिलो महिला जज मिङमा शेर्पालगायतलाई सम्मान गरिएको थियो ।

दुईदिने प्रतियोगितामा विभिन्न १६ विद्यालयका टिमका २ सय ५० खेलाडीले ४८ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web