रसियालाई एक लाख ५० हजार युरो जरिवाना,हिंसा मच्चाउनेलाई देशनिकाला

जेष्ठ ३२, २०७३ मा प्रकाशित | 1585 views

एजेन्सी,जेठ ३२ ।  रुसी फुटबल संघलाई एक लाख ५० हजार युरो जरिवाना लगाइएको छ।  फ्रान्समा जारी युरोकप अन्तगर्त समर्थकले गरेको हिंसात्मक व्यवहारका  कारण  जरिवानामा परेको छ ।  युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले कारबाही गरेको हो। फेरि पनि समर्थकले पुरानै व्यवहार दोहोर्‍याए युरो प्रतियोगिताबाटै निलम्बन गर्ने उसले चेतावनी दिएको छ। रुसका समर्थकलाई रंगभेद गरेको आरोप प्रमाणित भएको छ । रुसलाई युइएफएको यस निर्णय बिरुद्ध अपील गर्ने अधिकार छ ।

मार्सेलीमा भएको खेलमा इंग्ल्याण्डसाग १-१ गोलको बराबरी भएपछि रुसी समर्थकले रंगशालाभित्रै हिंसात्मक आक्रमण गरेका थिए । युरोकपका क्रममा इंग्लयाण्ड र रसियाबीचको खेलपछि रंगशाला वरपर वितण्डा मच्चाउने रुसी समर्थकलाई फ्रान्सले देश निकाला गर्ने भएको छ । फ्रान्सेली प्रहरीले १५० जनाको ‘पूर्ण प्रशिक्षित रुसी गुण्डा’को समूहलाई मार्सेलीमा भएको इंग्लयाण्ड र रसियाबीचको खेलमा १-१ को बराबरी भएपछि भएको हिंसात्मक झडपमा दोषि ठहर्‍याएको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web