शिक्षकलाई कोरोनाको खोप लगाउने व्यवस्था मिलाउन नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको माग

जेष्ठ २२, २०७८ मा प्रकाशित | 374 views

शिक्षकलाई कोरोनाको खोप लगाउने व्यवस्था मिलाउन नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटको माग

त्रिशूली । कोरोना रोग विद्धरुको खोप कार्यक्रमको प्रथामिकता सूचीमा शिक्षक वर्गलाई समावेश नगरेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटले ध्यानाकर्षण जनाएको छ ।

नेपाल सरकारले कोरोना रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनको क्रममा प्रथामिकता सूचि निर्धारण गरेर लगाउने क्रममा सयौ विद्यार्थीहरुसंग प्रत्यक्ष जोडिएर शिक्षण सिकाईको अग्रपक्तिमा खटिनुपर्ने भएपनि खोप कार्यक्रमबाट बञ्चित गरिनु आपत्तिजनक भएको संगठनले शुक्रबार नुवाकोटका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

संगठनको तर्फबाट अध्यक्ष चिरञ्जिवी भट्ट र सचिव राजेन्द्र दवाडीले हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षण पत्रमा ‘रातदिन नभनिकन विद्यालय र समुदायको अग्रभागमा रहेर शिक्षण सिकाई अघि बढाउदै आएको शिक्षकहरुलाई नेपाल सरकारले प्रथामिकताको सूचिमा नराख्नु अत्यन्त खेदजनक कार्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

नेपाल सरकार मार्फत तुरुन्त शिक्षकहरुलाई खोप लगाउने कार्यक्रममा प्रथामिकताप्राप्त सूचिमा राखी खोप लगाउने कार्य तत्कालै सञ्चालन नगरेमा सरकारको निर्णय अनुसार असार १ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा रोगको जोखिम झन उच्च हुने भएकाले त्यसतर्फ गम्भीर हुन र उत्पन्न परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने भनिभएको छ ।

नेपालमा गएको माघ १४ गतेबाट सुरु भएको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकतथा वित्तीय सस्थाका कर्मचारी, सरकारी कर्मचारी, जनप्रतिनिधि लगायतका अग्रपक्तिमा बसेर सेवा पुराउन व्यक्तिर ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिकलाई प्रथामिकता प्राप्त सूचिमा समावेश गरेपनि शिक्षकलाई भने विभेद गरिएको छ ।

कोरोना रोगको सक्रमणको जोखिमको उच्च क्षेत्र र एकैपटक बालबालिकामा समेत भयाबह अबस्था सिर्जना हुनसक्ने भएकाले सरकारले शिक्षकहरुलाई पहिलो प्रथामिकतामा राख्नुपर्नेमा उल्टै वेवास्था गर्दै आएसगैँ नेपाल राष्ट्रिय शिक्षक संगठन नुवाकोटले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web