विदुर । नेकपा एमालेको पदाधिकारी खारेज गरिएको छ । 
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष मात्रै सहभागी भएको हिजो बसेको केन्द्रीय कमिटी बैठकले एमालेका पदाधिकारीलाई खारेज गरेको र केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको केन्द्रीय सदस्य खगराज अधिकारीले जानकारी दिनुभएको छ । 
एमालेको पदाधिकारीमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरू वामदेव गौतम, विद्यादेवी भण्डारी, भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली रहेका थिए । 
यस्तै, नवौं महाधिवेशनबाट महासचिवमा ईश्वर पोखरेल निर्वाचित भएका थिए भने उपमहासचिवमा घनश्याम भुसाल र विष्णुप्रसाद पौडेल रहेका थिए । भुसाल नेपाल पक्षमा छन् भने पौडेल ओलीको पक्षमा छन् । 
सचिवमा प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट र पृथ्वीसुब्बा गुरुङ रहेका थिए । एमालेको पदाधिकारीमा माधवकुमार नेपाल पक्षको बहुमत रहेको थियो । जसलाई पाटी अध्यक्ष ओलीको प्रस्तावमा खारेजी गर्ने निर्णय गरिएको हो । अब पाटीमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल बाहेक अरु सबै भेला आयोजक कमिटीको सदस्य हुने भएका छन् । 
नयाँ जिम्मेवारी : 
नेकपा एमालेको जिम्मेवारी तोकियो।।
प्रदेश नं- १
इन्चार्ज : सुवासचन्द्र नेम्वाङ
अध्यक्ष : देवराज घिमिरे
सचिव : विनोद ढकाल
प्रदेश नं- २
इन्चार्ज : सत्यनारायण मण्डल
अध्यक्ष : प्रभु साह,
सचिव : सुमन प्याकुरेल
बाग्मती प्रदेश 
इन्चार्ज : रामबहादुर थापा बादल
अध्यक्ष : आनन्द पोखरेल
सचिव : खेम लोहनी
गण्डकी प्रदेश 
इन्चार्ज : पृथ्वीसुब्बा गुरुङ
अध्यक्ष : जगत विश्वकर्मा
सचिव : गोविन्द नेपाली
लुम्बिनी प्रदेश 
इन्चार्ज : शंकर पोखरेल
अध्यक्ष : लीला गिरी
सचिव : खेममान खड्का
कर्णाली प्रदेश 
इन्चार्ज : यमलाल कँडेल
अध्यक्ष : गुलाबजंग शाह
सचिव : धर्मराज रेग्मी
सुदूरपश्चिम प्रदेश 
इन्चार्ज : लेखराज भट्ट
अध्यक्ष : कर्ण थापा
सचिव : राजेन्द्र सिंह रावल
एमालेबाट केन्द्रिय सदस्य हुने २२ पूर्वमाओवादी नेताहरु :
• रामबहादुर थापा
• मणिचन्द थापा
• प्रभु साह
• टोपबहादुर रायमाझी
• टंक आङबुहाङ
• लेखराज भट्ट
• टेकबहादुर बलामी
• पासाङ शेर्पा
• कमल जंग
• ज्वाला साह
• लिलाबहादुर थापा
• दधिराम न्यौपाने
• विषमलाल अधिकारी
• धर्मराज रेग्मी
• दिनेश पन्थी
• चन्द्रबहादुर खड्का,
• झपट बोहरा
• डम्बर विष्ट
• नवीन रोका
• गौरीशंकर थारु
• दावा लामा
केहीलाई कारबाही :
<span style="color: rgb(5, 5, 5); font-family: "Segoe UI Historic", "Segoe UI", Helvetica, Arial, sans-serif; font-size: 15px; white-space: pre-wrap;">ईन्चार्जको जिम्मेवारी बाट मुक्त गरिनाको कारण 
<div dir="auto" style="font-family: "Segoe UI Historic", "Segoe UI", Helvetica, Arial, sans-serif; color: rgb(5, 5, 5); font-size: 15px; white-space: pre-wrap;">१. भिम आचार्य: आफ्नै पार्टीको मुख्यमन्त्री शेरधन राई बिरूद्द आफ्नाे संसदिय दलमा नभई प्रदेश सभामा अबिश्वास प्रस्ताब पेश गरेर बिकृत राजनीति शुरू गरेकाेमा।
<div dir="auto" style="font-family: "Segoe UI Historic", "Segoe UI", Helvetica, Arial, sans-serif; color: rgb(5, 5, 5); font-size: 15px; white-space: pre-wrap;">२. अष्टलक्ष्मी शाक्य: आफ्नै पार्टीको मुख्यमन्त्री डाेरमणी पाैडेल बिरूद्द आफ्नाे संसदिय दलमा नभई प्रदेश सभामा अबिश्वास प्रस्ताब पेश गरेर बिकृत राजनीति शुरू गरेकाेमा।
<div dir="auto" style="font-family: "Segoe UI Historic", "Segoe UI", Helvetica, Arial, sans-serif; color: rgb(5, 5, 5); font-size: 15px; white-space: pre-wrap;">३. भिम रावल: अदालतले नेकपा एमाले बिउझाए पछि पुनःस्थापित संसदमा आफ्नाे पार्टिकाे अध्यक्ष, संसदिय दलकाे नेता अनि देशकाे गुमेकाे भुमि नयाँ नक्सामा समेटेकाे प्रधानमन्त्रीलाई कुन पार्टीको भनेर बेहाेसमा संसदमा बर्बराएकाेमा। आफ्नो पर्टीको निर्देशनमा हिड्नु पर्नेमा नेकपा माओवादी केन्द्र को निर्देशन मा हिडेको लगायत को कारण बाट जिम्मेवारी बाट मुक्त ।
18.12¡ÆC