
<p><b><br></b></p><p><b>विदुर । यो वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकमा भएको निर्णय अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुने छ भने कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु गर्न लागिएको सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभएको छ । उहाँको अनुसार यसअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ । </b></p><p><b>गएको वर्षहरुमा एसईई चैत पहिलो साताबाटै सुरु हुने गरेकोमा यो वर्ष कोरोना महामारीका कारण कक्षा प्रभावित भएसगैँ पछि धकेलिएको हो । नेपाल सरकारले यस वर्षको शैक्षिक सत्र जेठसम्म कायम गर्ने जनाएको छ । </b></p>
27.11¡ÆC