
<p>विदुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।<br></p><p> २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उहाँले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताउनुभएको हो ।</p><p>हिजो आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारी विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न गुणस्तर सुधारको आवश्यकता रहेको बताउनुभएको छ । </p>
25.92¡ÆC