चीनबाट आयो युरिया मल, नुवाकोटको लागी आठ सयटन भित्रने

फाल्गुन २४, २०७७ मा प्रकाशित | 2440 views

विदुर । साल्ट ट्रेडिङ कर्पोरेसनले पहिलोपटक चीनबाट नेपाल ल्याएको २० टन युरिया मल सिन्धुपाल्चोकको तातोपानी नाकाहुदै नेपाल भित्रिएको छ ।

सिल्क मार्केट प्रालिले ढुवानी गरी ल्याएको दुई कन्टेनरबाट चारसय बोरा अर्थात् २० टन युरिया मल भन्सार यार्डमा भित्रिएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत गणेशप्रसाद पौडेलले जानकारी दिनुभएको हो ।

नेपाल सरकारको अनुमतिबाट चीनबाट चार हजार मेट्रिकटन युरिया मल खरीद गर्न गएको मंसिरमा बोलपत्र आह्वान गरेको थियो । त्यही अनुसार चारसय बोरा आयात गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पङ्कज जोशीले जानकारी दिनुभएको छ ।

चीनबाट आउन ल्याउन थालिएको मल मध्ये नुवाकोटको लागी आठसय मेट्रिकटन रहेको छ भने एक हजार २०० मेट्रिकटन काभ्रे र दुई हजार मेट्रिकटन काठमाडौँबाट पहाडी जिल्लामा वितरण गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web