तारकेश्वर गाउँपालिका विरुद्ध अख्तियारमा उजुरी

माघ १२, २०७७ मा प्रकाशित | 2546 views

तारकेश्वर गाउँपालिका विरुद्ध अख्तियारमा उजुरी

विदुर । विद्यालय व्यवस्थापन समिति गठनको लागी तयार गरिएको शिक्षा सम्बन्धि कानून कानून विपरित रहेको भन्दै नुवाकोटको तारकेश्वर गाउँपालिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सङ्घीय शिक्षा ऐन २०२८ (नवौं संशोधन २०७४ समेत) को दफा १२ बमोजिम देशभरका विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी तारकेश्वर गाउँपालिकाले निर्माण गरी लागू गरेको शिक्षा नियमावली कानून विपरित रहेको भन्दै नेपाली काँग्रेसले उजुरी दर्ता गराएको हो ।

पालिकाले तयार गरेको शिक्षा नियमावली २०७५ को दफा २६ को उपदफा १ मा टेकेर गाउँपालिका क्षेत्रभित्रका विद्यालयहरूमा व्यवस्थापन समिति गठन गर्ने नाममा आफ्ना पार्टीका राजनीतिक कार्यकर्ताहरूलाई भर्ती गरी विद्यालयमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उजुरी दर्ता गराएको नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि चोकराज शाक्यले अख्तियारमा उजुरी दर्ता गराएको बताउनुभएको छ ।

पालिकाले तयार गरेको शिक्षा नियमावलीले विद्यालयमा राजनीतिक हस्तक्षेप बढाएको तथा स्थानीय अभिभावकहरूको अधिकार कुण्ठित गर्ने कार्य गरेको भन्दै केन्द्रीय सरकारको ऐनसंग बाझिने गरेर पालिकाले बनाएको नियमावली खारेजी र यसकैको आधारमा गरिएका निर्णय बदर गर्न माग गरिएको अख्तियारमा दर्ता नेपाली कांग्रेस संघीय मामिला तथा प्रदेश समन्वय बिभागका केन्द्रिय सदस्य एंव महाधिबेशन प्रतिनिधि तथा जिल्ला पार्टी पूर्व उपसभापति चोकराज शाक्यले जानकारी दिनुभएको छ ।

यस्तो छ अख्तियारमा दर्ता भएको उजुरीको विवरण ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web