ल क्याम्पसमा आवेदन दिएका विद्यार्थीको दुई वर्ष पछि प्रवेश परीक्षा

माघ ७, २०७७ मा प्रकाशित | 594 views

ल क्याम्पसमा आवेदन दिएका विद्यार्थीको दुई वर्ष पछि प्रवेश परीक्षा

काठमाडौ । त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबी अध्ययनका लागि फारम भरेका विद्यार्थीको दुई वर्षमा प्रवेश परीक्षा हुन लागेको छ । दोस्रो वर्षमा अध्ययन गर्नुपर्ने विद्यार्थीले बल्ल प्रवेश परीक्षा दिने पाउने भएका छन् ।

विद्यार्थी भर्ना संख्याको विषयमा विवाद हुँदा अनिश्चित भएको शैक्षिक सत्र झन्डै दुई वर्षमा टुंगो लागेको छ । थोरै विद्यार्थी पढाउन सक्ने क्षमता भएका क्याम्पसमा धेरै गुणा बढी भर्ना हुदाँ समस्या भएको थियो । अहिले त्रिभुवन विश्वविद्यालयले कोटा कायम गरेर भर्ना प्रक्रिया अघि बढाउने बाटो खोलेको हो ।

नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डिएन पराजुलीले २०७५ चैतमा एलएलबी अध्ययनका लागि फारम भरेका विद्यार्थीका लागि प्रवेश परीक्षा लिने बाटो खुला भएको जानकारी दिनुभयो ।

भर्नाका विषयमा भएको विवादले त्रिभुवन विश्वविद्यालयको तीनवर्षे एलएलबीमा भर्नाको तयारीमा रहेका विद्यार्थीको दुई वर्ष खेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web