कोरोनाको कारण २० लाख व्यक्तिको ज्यान गयो

माघ ४, २०७७ मा प्रकाशित | 1171 views

विदुर । विश्वभरि कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।

गएको वर्ष डिसेम्बर महिनामा चीनको वुहान शहरबाट सुरु भएको महामारीले एक वर्ष एक महिनाको अवधिमा करिब २० लाख सङ्क्रमितको मृत्यु भएको हो ।

अमेरिका स्थित जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २० लाख नौ हजार ५९५ जना पुगेको छ । एक वर्षको अवधिमा नौ करोड ३८ लाख ६९ हजार १८९ जना ब्यक्ति सङ्क्रमित भएका छन् ।

२० लाख सङ्क्रमितको मृत्यु हुनु आफैंमा डरलाग्दो तथ्याङ्क रहेपनि विज्ञहरुले मृतकको संख्या यो भन्दा धेरै बढी हुने अनुमान गरिएको छ । विश्वका अझै कतिपय देशमा परीक्षण दर मापन थोरै रहेको छ । जसले गर्दा अतिरिक्त मृतकको संख्या लाखौंमा हुनसक्ने विज्ञको दाबी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web