जिल्ला सहकारी संघको अधिवेशनले चुन्यो नयाँ नेतृत्व

माघ १, २०७७ मा प्रकाशित | 595 views

विदुर । जिल्ला सहकारी संघ नुवाकोटको २८ औँ साधारणसभा सहित भएको अभिवेशनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । बुधबार बट्टारमा भएको अधिवेशनमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटीका संयोजक नवदिप श्रेष्ठले जानकारी दिनुभयो । उहाँको अनुसार गोकर्णराज न्यौपाने (गजेन्द्र) जिल्ला सहकारी संघ नुवाकोटको अध्यक्षमा चयन हुनुभएको छ । भएका छन । २८औ साधारण सभा तथा अधिवेशनले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको हो । संघको उपाध्यक्ष शिबप्रसाद अधिकारी, सचिब प्रकाशकुमार अधिकारी, सहसचिब ओमप्रकाश श्रेष्ठ, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ चयन भएका छन ।

यस्तै, सदस्यहरुमा इन्दिरा मुडबरी, पबित्रा घिमिरे, धनकुमारी रिजाल, होमबहादुर तामाङ, सिता भट्टराई, नबिन्द्रमान प्रधान, कुलबहादुर खड्गी, भोजराज पनेरु, गोकर्ण रोक्का, सबिनराज भण्डारी, प्रदिप अधिकारी, बाबुराम अधिकारी, कृष्ण बहादुर धिताल, अर्जुनप्रसाद न्यौपाने, लक्ष्मण श्रेष्ठ, रामेश्वर खड्का रहेका छन् । साथै, नारायण श्रेष्ठको संयोजकत्वमा तिन सदस्यीय लेखा समिति चयन भएको छ । समितिको सदस्यहरुमा सरिता मोक्तान र नवराज पाण्डे रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web