सवारी अनुमति पत्र लिन अझै ६ महिना लाग्ने

माघ १९, २०७६ मा प्रकाशित | 1221 views

<p>विदुर । छपाई गर्न बाँकी रहेको करीब सात लाख स्मार्ट लाइसेन्स वितरण गर्न अझै ६ महिना लाग्ने&nbsp; यातायात व्यवस्था विभागले जनाएको छ ।&nbsp;<br></p><p>तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन चरणमा सञ्चालन गरी अहिले दैनिक करिब पाँच हजार सबारी चालक अनुमतिपत्र छपाई भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । यातायात व्यवस्था विभागको मागअनुसार सबारी चालक अनुमतिपत्र वितरण गर्न नसकेपछि २०७२ सालदेखि छपाईको काम गर्न बाँकी रहँदै आएको हो । सेवाग्राहीले डेढ वर्षसम्म सबारी चालक अनुमतिपत्र कुर्नु परेकाले आागमी दिनमा यस्तो समस्या नआउने विभागले दाबी गरेको छ । स्मार्ट लाइसेन्स लागू गरिएपछि छपाई गर्न बाँकी काम थपिँदै आएको थियो ।&nbsp;&nbsp;</p><p>छपाई गर्न बाँकी रहेका सबारी चालक अनुमतिपत्रको संख्या सात लाख रहेको यातायात ब्यबस्था बिभागले जनाएको छ । महिनामा करिब ९० हजार लाइसेन्सको माग भएपनि माग अनुसारको ५० प्रतिशत मात्र छपाई गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web