दूप्चेश्वर कप भलिबलको उपाधि म्यागङलाई

माघ ७, २०७६ मा प्रकाशित | 7951 views

समुन्दटार । नुवाकोटमा रहेका स्थानीयतह तथा यहाँका क्लबहरु सम्मिलित गराएर सञ्चालन हुदैँ अँएको तेश्रो दूप्चेश्वर कप भलिबल प्रतियोगिता’को उपाधि म्यागङ गाउँपालिकाले जितेको छ ।
सोमबार भएको फाइनलमा आयोजक दुप्चेश्वर गाँउपालिकालाई ३–१ को सेटमा हराउदै म्यागङ गाउँपालिको उपाधि जितेको हो ।
दुप्चेश्वर गाउँपालिका–६ स्थित रुक्मिणी माविमा भएको खेलमा म्यागङले दुप्चेश्वरलाई २०–२५, २५–१९, २५–१६ र २५–१३ स्कोरले हराउदै रु ८० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
दोश्रो भएको दुप्चेश्वरले रु ५० हजार, तेश्रो भएको पञ्चकन्या गाउँपालिकाले रु ३० हजार र चौथो स्थान हासिल गरेको सहआयोजक समेत रहेको सोसल सर्भिस युथ क्लब समुन्द्रटारले रु १० हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा छनोट चरण पूरा गरेका जिल्लाका नौ समूहलाई अन्तिम प्रतिस्पर्धाको लागी सहभागि गराएर लिग र नटआउट मार्फत प्रतिस्पर्धा गराइएको थियो ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागी खेलको माध्यमबाट पर्यटन प्रबद्धन गर्न र जिल्लामा रहेका स्थानीयतहबीच आपसी समझदारीलाई प्रभावकारी बनाउन प्रतियोगिता सञ्चालन गरिएको आयोजक दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web