फुटसलको उपाधि ज्याङ्दे युवा समाजलाई, नृत्यमा सम्झना उत्कृष्ट

माघ ५, २०७६ मा प्रकाशित | 7874 views

<p style="text-align: justify; "><b>विदुर । रसुवामा पहिलो पटक सञ्चालन भएको फुटसल प्रतियोगिताको उपाधि ज्याङ्दे युवा समाज धुन्चेले जितेको छ । प्रतियोगितामा परिकल्पना नेपाल धुन्चे दोस्रो र ठण्डर बोइज स्याफ्रुले तेस्रो हासिल गरेको छ । शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज अर्थात अकिआसले आयोजना गरेको ‘प्रथम अकिआस फुटसल तथा एकल नृत्य प्रतियोगितामा’ सहभागी १७ समूह मध्ये ज्याङ्दे युवा समाज धुन्चे पहिलो भएको हो । सोमबारदेखि सुरु भएको प्रतियोगिताका खेलहरु लिग चरणको आधारमा खेलाएर उत्कृष्ट समूह घोषणा गरेको आयोजकले जनाएको छ ।<br></b></p><p style="text-align: justify; "><b>यसैगरी नृत्यतर्फ सम्झना तामाङ पहिलो हुनुभएको छ । प्रतियोगितामा फूलमाया तामाङ दोस्रो र मनिषा तामाङले तेस्रो स्थान हासिल गरेको अकिआसका संयोजक निवेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको अनुसार खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि समेत सहयोग पु-याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो ।&nbsp;</b></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web