८ किलो सुनसहित विमानस्थल भित्रैबाट दुई जना पक्राउ

मंसिर १३, २०७६ मा प्रकाशित | 2719 views

काठमाडौ ।  ८ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय गौचरका डिआइजी सूर्यप्रसाद उपाध्याका अनुसार गएराति साढे १० बजे ८ किलो सुनसहित २ चिनियाँ नागरिक पक्राउ परेका हुन्।

हङकङबाट आएको नेपाल एयरलायन्सको आरए ४१० नम्बरको फ्लाइटमार्फत नेपाल आउँदै गर्दा उनीहरुलाई भन्सारको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा पासवर्ड नम्बर इएच ६५९६६३७ नम्बरका चीन्को फुजिनका चेन होङयाङ र इए ५८०७५९८ नम्बर भएका चेन इङचुहाङ छन्।

सनम शाक्यको हत्या हुने गरी भएको साढे ३३ किलो सुन तस्करी काण्डपछि विमानस्थलबाट हुने सुन तस्करी केही समय रोकिएको थियो।

त्यसपछि खाडीमुलकमा कामदार भिषामा भएका व्यक्तिहरु प्रयोग गरेर फाट्टफुट्ट रुपमा सुन तस्करी हुने गरेको थियो। अहिले भने ठूलो परिणामा सुन बरामद भएपछि सुन तस्करहरु सल्बलाउन थालेको संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web