विदुर । लिखु गाउपालिका बचाउ संघर्ष समितिबाट रुपान्तरण भएर सञ्चालनमा रहेको ‘स्थानीय सरोकार समिति’ले गाउँपालिकाले प्रवाह गर्नुपर्ने सेवा सुधार तथा कार्यालय व्यवस्थापनको माग गर्दैै गाउँपालिकाको कार्यालयमा नौ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

सरोकार समितिका अध्यक्ष बिनोद पाठक सहित समितिका पदाधिकारी एंव स्थानीयबासीको रोहबरमा सोमबार गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाउदै माग सम्बोधनको लागी गम्भीर हुन सचेत गराइएको छ ।

ज्ञापन पत्रमा भाडाको घरबाट सञ्चालनमा रहेको गाउँपालिकाको भवनको लागी जग्गाको व्यस्थापन गरेर निर्माण कार्य तत्कालै सुरु गर्नुपर्ने, वडा कार्यालय निर्माणको लागी एक वटा वडाको लागी मात्र बजेट तर्जुमा भएको र अन्य वडाको लागी आवश्यक संरचना बनाउन बजेट नदिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने, लक्षित वर्गको कार्यक्रम गाउँपालिका र वडा कार्यालयबाट दोहोर बनाएर राखेकाले त्यसलाई संशोधन गर्नुपर्ने एंव यसअघि लक्षित बर्गलाई छुट्टाएको बजेटबाट ब्युटिसियन र सवारी चालक तालीम दिएको र त्यो प्रभावकारी नभएकाले ब्यवहारिक रुपमा प्रयोगमा नआउने क्षेत्रमा बजेट खर्च गर्न नहुने माग गरिएको छ ।

यसैगरी, सार्वजनिक बिदाको दिन पनि सरकारी सवारीसाधन चलाउदै आउने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने, तादी र लिखु खोलामा अबैध रुपमा संकलन भएका नदीजन्य सामाग्रि जफत गर्नुपर्ने र आई.ई.ई प्रतिवेदनले निर्धारण गरे अनुसार मात्र नदीजन्य सामाग्रिको उत्खननको लागी बोलपत्र आह्वान गर्नुपर्ने र अहिले अबैध रुपमा भइरहेको उत्खनन् तत्काल रोक्नुपर्ने माग राखिएको छ ।

यस्तै, सरोकार समितिले राखेको अन्य मागमा पछिल्लो समय गाउँपालिका क्षेत्रमा बढ्दो सहरीकरणबाट उत्पादन फोहोरले बजार क्षेत्र प्रदुषित भएकाले त्यसलाई उचित स्थानमा बिसर्जन हुने व्यवस्था मिलाउनुपर्ने एंव लिखु र तादी खोलामा ढल मिसाएर खोला प्रदुषण बनाएकाले त्यो बन्द गराउन गाउँपलिका समक्ष माग गरेको छ ।

गाउँपालिकाबासीसंग प्रत्यक्ष जोडिएका तथा वातावारण संरक्षण एंव जनताको जनजिविका एंव सुशासन तथा सेवा प्रवाह गुणस्तरीय बनाउनलाई जोड दिएका मागको तत्कालै सम्बोधन गर्नुपर्ने संघर्ष समितिका अध्यक्ष बिनोद पाठकले गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठ समक्ष राख्नुभएको छ ।

स्थानीय सरोकार समितिले बुझाएको ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले सेवा प्रवाह, योजना कार्यान्वयन, वातावरण संरक्षणको लागी उठाएको मागहरु सबै जायज भएकाले त्यसलाई सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभएको छ । उहाँले गाउँपालिका र वडा कार्यालय निर्माणको लागी जग्गा र आर्थिक व्यवस्थापनको अभावले समस्या भएकाले मागको सम्बोधनमा समस्या हुने भएकाले अन्य माग जायज भएकाले त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राज्य पुर्नसंरचनाको समयमा अहिले कायम गरिएको लिखुको भूगोलको माग गर्दै तीन सातासम्म संघर्षपूर्ण आन्दोलन गरेर स्थापना भएको लिखु गाउँपालिका संघर्ष समिति पछि स्थानीय सरोकार समितिको रुपमा स्थापना भएर गाउँपालिकालाई आर्थिक रुपमा समृद्ध, स्वरोजगार प्रबद्धन, सेवा प्रवाह चस्त एंव पारदर्शी बनाउनको लागी जन–दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।

27.17¡ÆC