काठमाडौ । बुधबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मनसुनी गतिविधि सक्रिय नभए पनि स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सुदुरपश्चिमका केही ठाउँमा हल्का पानी परिरहेको छ । तर ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । दिउँसो यी ठाउँमा पनि मौसममा सुधार भएर मौसम सफा हुने उहाँले बताउनुभयो ।

तर राति भने फेरि बादल लागेर केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । बिहीबार र शुक्रबारको मौसम पनि यस्तै रहने मौसमविद्को अनुमान छ ।

यस्तो छ आगामी तीन दिनको माैसम पूर्वानुमान

असोज १५ गते बुधबार

दिउँसो : देशको पश्चिमी भूभागमा सामान्य बदली, मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानमा साथै मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पूर्वी पहाडी भूभागका १ वा २ स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ ।

राति : देशभरि आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १६ गते बिहिबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी भूभागमा आंशिक बदली रहनेछ ।

असोज १७ गते शुक्रबार

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागलगायत मध्य पहाडी भूभागका थोरै स्थानमा साथै पश्चिमी पहाडी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति : देशको मध्य तथा पूर्वी भुभागमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भूभागमा आंशिक बदली रहनेछ।

18.22¡ÆC