विदुर नुवाकोट ककनी गाउँपालिका–७ का शारदा श्रेष्ठको खोलाले बगाएर शनिबार मृत्यु भएको छ । ५२ वर्षीयाँ श्रेष्ठलाई घर नजिकैको ढाडे खोलाले बगाउदाँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख अबिनारायण काफ्लेका अनुसार बिहान ५ बजेतिर खोलाले बगाएको श्रेष्ठको शव करीब ८ बजेतिर नुवाकोटको तारुका स्थित त्रिशूली नदीमा फेला परेको हो ।

उनलाई छिमेकीको घरमा जानको लागी खोला तर्ने क्रममा बगाएको स्थानीयले बताएका छन् । उक्त स्थानको ककनी–७ र बेलकोटगढी नपा–१३ जोड्ने पुल चारवर्ष अघिको विनासकारी भूकम्पले क्षति बनाएपछि पुर्ननिर्माण नहुदाँ दुर्घटना हुने गरेको जिल्ला समन्वय समितिका सदस्य एवम् सोही स्थानका बासिन्दा सम्झना सेढाईले बताउनुभयो ।

18.08¡ÆC