किशोरी बेचबिखन गर्न खोजेको अभियोगमा दुई युवा पक्राउ

साउन २६, २०७६ मा प्रकाशित | 10996 views

काठमाडौ । २० वर्षीया किशोरीलाई बेच्न खोजेको आशंकामा काठमाण्डौको नागढुङ्गाबाट दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट माईती नेपालका प्रतिनिधिसहित खटिएको प्रहरीले ना ७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा शनिबार साँझ दुई युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आइते बहादुर लोप्चन छन् ।

उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा रङ लगाउने काम लगाइदिन्छौं, कोही कसैले जाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउनु र भाउजू सुत्केरी भएकाले बिर्तामोड जान लागेको बताउनु भन्दै विभिन्न प्रलोभन देखाई बेचबिखन गर्ने उद्देश्यले लैजान लागेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार यसबारे थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web