सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली काठमाडौं फर्कियो, के के पाइयो त (विस्तृतमा)

जेष्ठ १०, २०७६ मा प्रकाशित | 14395 views

काठमाडौ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्न गएको सरकारी टोली आज काठमाडौं फर्किएको छ।

सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको सरकारी टोली त्यसको सफल मापन गरी बिहीबार काठमाडौं फर्किएको हो। सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरिन्र्नु्। उनले टोलीले परम्परागत र आधुनिक दुवै तरिकाबाट सर्वेक्षण गरेको रिर्पोटको आधारमा ६ महिनाभित्र सगरमाथाको वास्तविक उचाई प्राप्त हुने पनि स्पष्ट पारे।

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाईमाथि प्रश्न उठाउन थालेपछि सरकारले पहिलो पटक आफ्नै स्रोत र साधनमा नापी विभागमा प्रमुख नापी अधिकृत खिमलाल गौतमको नेतृत्वमा नापी विभागकै नापी अधिकृत रविन कार्की, विभागका सर्वेभर सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई गत चैत्र २७ गते त्यसतर्फ पठाएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना लिएर गएको टोलीलाई मन्त्री अर्यालले सगरमाथाको बेस क्याम्पमा पुगेर बिदाई गरेकी थिइन्। सो टोलीले गत जेठ ८ गते बिहान ३ गते सगरमाथाको उचाई चुमी १ घण्टा १६ मिनेट लगाएर सगरमाथाको उचाईको सर्वेक्षण गरेको हो।

आरोहण चुनौतिपूर्ण भएपनि प्रधानमन्त्री ओलीको उत्साह र मन्त्री अर्यालको हौसलाका कारण आफूहरुले सगरमाथाको सफल आरोहण गरी त्यसको उचाईको सर्वेक्षण गर्न सफल भइएको टोलीका नेता प्रमुख नापी अधिकृत गौतमले जानकारी दिए।

मन्त्री अर्यालले सगरमाथाको उचाईको सर्वेक्षण पहिलो पटक नेपाल आफैंले गरेको र त्यसको वास्तविक उचाई टोलीले ल्याएको सर्वेक्षणलाई आवश्यक अनुसन्धान गरेर ६ महिनाभित्र सार्वजनिक गर्ने तयारी गरिएको पनि बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web