नुवाकोट । बुद्धिचालको पुरानो जिल्ला नुवाकोटमा शुक्रबार देखि दुई दिने प्रथम नुवाकोट खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ। प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन बद्री लाल नेपाली, नवीन तण्डुकार,शुरवीर लामा, मदनकृष्ण कायस्थ लगाएत शिर्षस्थ खेलाडी सहित स्थानीय गरि जम्मा ३७ जना खेलाडीहरुको सहभागीता रहेको छ।

नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा सञ्चालन भएको यस प्रतियोगिताको पहिलो र दोश्रो चरणमा उच्च रेटेड खेलाडीहरुको दबदबा रह्यो । पूर्व नेपाल च्याम्पियन शुरवीर लामाले शुरुमा निशान बजगाईलाई र दोस्रो खेलमा युवराज पौडेललाई सहजै पराजित गरेका छन्। त्यस्तै नवीन तण्डुकारले मोहन सिं प्रधान र सुमित जोशीलाई पाखा लगाए । मदनकृष्ण कायस्थले पनि मिसन वास्कोटा र सुसन गौतम माथि जीत हात पारे भने बद्रीलाल नेपालीले क्रमशस् नकुल बुढाथोकी र जितेन्द्र कुमार विरुद्ध विजय प्राप्त गरेका छन्। पूर्व नेपाल च्याम्पियन चारै जनाले २र२ अंकका साथ प्रथम स्थानमा रहन सफल भएका छन्।

विश्व बुद्धिचाल महासंघ इथिक्स कमिशनका सदस्य एवं 3.2 जोनल र नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेश हरी जोशीले पहिलो वोर्डमा सेतो गोटी चालि आरम्भ गरेको दोस्रो चरणमा जीत दर्ता गर्ने क्रममा प्रकाश नेपाल , राजेन्द्र बज्राचार्य , भगवती प्रसाद शर्मा , सस्रुत दहाल, सुरज लामाले पनि दुई जीत संगै संयुक्त शिर्ष स्थानमा हिस्सेदार बनेका छन्।

कुल पुरस्कार राशि साठ्ठी हजारमा प्रथम हुनेले रु १५ हजार , दोस्रो हुनेले १० हजार , तृतीय हुनेले ७ हजार गरि जम्मा १५ जनाले नगद प्राप्त गर्ने छन्। भोलि सञ्चालन हुने बाकी खेलहरुमा खेलाडीहरुले ईतिहास रच्ने दाउपेच लगाउने छन् ।

21.12¡ÆC