विप्लवद्वारा चरणबद्ध आन्दोलनको घोषणा, वैशाख ५ गते नेपाल बन्द

बैशाख २, २०७६ मा प्रकाशित | 2219 views

काठमाडौ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारी प्रतिबन्धविरुद्ध चरणबद्ध सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ ।  पार्टीका महासचिव विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बन्दसहितको सङ्घर्षका कार्यक्रमहरू घोषणा गरेका हुन् ।
ओली सरकारको प्रतिबन्धलाई महासचिव विप्लवले नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक बकवास फाँसीवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन् ‘ओली सरकार र राम बहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक बकवास फासीवादी फौजी दमन र अफवाहपूर्ण प्रचार बाजीको हाम्रो पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’
विप्लवले काभ्रेको काफल डाँडामा युवा कार्यक्रता माथि गोली चलायर गिरफ्तार गरेको बताएका छन् । त्यस्तै बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य सुदर्शन सहित ९ जनासहित फागुन २८ गतेपछि देशै भरी नेता र कार्यकर्ता गरी दर्जनौँको सङ्ख्यामा गिरफ्तारी गरि गरिसकेको घरमा सुतिराखेका जनता, नेता र कार्यकर्तालाई गिरफ्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम चलाएको भन्दै आपत्ति जनाएका छन् ।

संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ देखि २९ गतेसम्म प्रतिबन्ध विरुद्ध पर्चा वितरण र भण्डाफोर गर्ने, वैशाख २ गते कोण सभा, वैशाख ३ गते अन्तरक्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्दको आयोजना गरिएको छ । त्यस्तै वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिवन्धीत गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web