काठमाडौं । एसईई परीक्षा अन्तर्गत शुक्रबार हुँदै गरेको अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो । एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहेको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएपछि यसअघिको एसएलसीमा जस्तै बढी त्रास बोकेरै प्रदेश २ ले बढी नै अनियमितता गर्ने अवसर पाएको हो । यसअघि आधादर्जन निरीक्षक र दर्जनबढी परीक्षार्थीहरुलाई कार्वाही भइसकेको छ ।

17.52¡ÆC