विदुर । नुवाकोट क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखी जिल्लाब्यापी बिद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने भएकोछ । त्यसको लागी आवश्यक तयारी अघि बढाइसकेको आयोजक जिल्ला क्रिकेट संघले शुक्रबार विदुरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
केही महिना अघिमात्र बिद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न गरेको संघले त्यसको दुई महिना भित्र अर्को जिल्लास्तरी ठूलो प्रतियोगिताको रुपमा पुनः विद्यालयतहको क्रिकेटलाई प्रोत्साहन जगाउन विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

क्रिकेट खेलको मुख्य बेशलाइन नै विद्यालयतह भएको मध्येनजर गर्दै एकपछि अर्को विद्यालयस्तरीय प्रतियोगिता गर्न लागिएको अध्यक्ष पाठकले बताउनुभयो । उहाँको अनुसार नयाँ शैक्षिक सत्रको सुरुवाती समय भएको विद्यार्थीको पढाई प्रभावित नहोस भन्ने हेतु र नयाँ शैक्षिक सत्रमा उत्साहकको साथ अध्ययनमा केन्द्रित हुने विद्यार्थीलाई खेल प्रतिको आकर्षण बढाउनको लागी प्रतियोगितालाई महत्वको रुपमा हेरिएको छ ।

आगामी बैशाखमा गर्न लागिएको प्रतियोगितामा हालसम्म जिल्लामा सञ्चालन भएका प्रतियोगिताको भन्दा पुरस्कार राशी सर्वाधिक छ । प्रतियोगिताको बिजेताले नगद तीस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र क्रिकेट सामाग्री प्राप्त गर्नेछन् । यस्तै उपबिजेताले नगद बीस हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र क्रिकेट सामाग्री प्राप्त गर्ने बताइएको छ ।

26.12¡ÆC