दुप्चेश्वरमा गाउँपालिकास्तरीय बालक्लब सञ्जाल गठन

फाल्गुन १४, २०७५ मा प्रकाशित | 5194 views

समुन्द्रटार । दुप्चेश्वर गाउँपालिका स्तरीय बालक्लब सञ्जाल गठन भएको छ । गाउँपालिकामा अवस्थित १३ वटा आधारभूत र माध्यामिक विद्यालयमा गठन भएका बालक्लबका पदाधिकारीहरुको भेलाले १३ सदस्यीय गाउँपालिका स्तरीय बालक्लब सञ्जाल गठन गरेको हो ।

गाउँपालिकाको कार्यालय, रुडेक नेपाल, एसिएआई अष्ट्रेलियाको सहयोगमा गठन भएका १३ वटा बालक्लबका ६५ जना पदाधिकारीहरुको भेलाले बालक्लब सञ्जाल गठन गरेको रुडेक नेपालका कार्यक्रम व्यवस्थापक जीवन पुडासैनीले जानकारी दिए ।

भेलाले  अध्यक्षमा किरण तामाङ , उपाध्यक्ष सुरेश विक, सचिव ग्याल्जेन तामाङ, कोषाध्यक्ष सरिना सिटौला, कार्यकारी सदस्यहरुमा जामिला नेपाली, कृष्ण तामाङ, गौतम तामाङ, प्रमोद तामाङ, साइँला तामाङ, सानुमाया तामाङ, मानबहादुर तामाङ, फूलमाया तामाङ, कविता तामाङ निर्वाचित गरेको कार्यक्रम व्यवस्थापक पुडासैनी जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले दुप्चेश्वर गाउँपालिकामा गठन भएको बालक्लब सञ्जालले परिवार, समुदायको व्यवहार परिवर्तन गर्न र समाजमा व्याप्त रहेका कुरिती, कुसंस्कृति हटाउनका लागि अहम भूमिका निभाउन सक्ने बताए । गाउँपालिकाले बालअधिकारमा आधारित योजना तर्जुमा गर्ने प्रतिबद्धता जनाए ।

त्यसैगरी उपाध्यक्ष अन्जु आचार्यले बालबालिका समाज परिवर्तनका अगुवा बन्न सक्ने हुनाले बालसञ्जालले आयोजना गर्ने हरेक क्रियाकलापमा गाउँपालिकाको साथ रहने बताइन् । बालक्लब सञ्जालको दीगोपनाका लागि गाउँपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गर्ने उपाध्यक्ष आचार्यले प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकिय अधिकृत रामहरि गजुरेलले बालक्लब सञ्जालको संस्थागत विकासका लागि हरदम सहयोग गर्ने बताए ।

नवनिर्वाचित सञ्जालका अध्यक्ष किरण तामाङले बालअधिकार र बालसंरक्षणका लागि गाउँपालिकाभित्र क्रियाशिल रहने बताए । बालक्लब सञ्जालको संस्थागत विकास र दीगो विकासका लागि रुडेक नेपाल, एसिएआई अष्ट्रेलियाले ७० हजार बास्केट फन्ड सहयोग गर्ने कार्यक्रम व्यवस्थापक जीवन पुडासैनी जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web