समुन्द्रटार । आइतबार राति साढे ६ बजे तिर नुवाकोटको दुप्चेश्वर गाउपालिका वडा नं ५ बालकुमारीको माने भन्ज्याङ भन्ने ठाउबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख २६९४ नं.को मिनीट्रक दुर्घटना हुदाँ पाच जना घाइते भएका छन् ।

आफै अनियन्त्रित भई सडक बाट अन्दाजी २० मिटर तल खस्न जादा घाइते भएका पाँचै जनालाई उपचारको लागी एम्बुलेन्सबाट काठमाण्डौ ग्रिनसिटी हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

घाइते मध्ये ४ जना ग्रिनसिटीमा उपचार पश्चात डिचार्ज भएको र बालकुमारीका २४ को प्रेम बहादुर तामाङ ग्रिनसिटि बाट रिफर भई हाल ग्राण्डिमा उपचार भैईरहेक छन् उनको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार घाइते हुनेहरुको नाम निम्न छ ।
१ जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा ५ बस्ने वर्ष२८ कोसुनिल तामाङ:-हातमा चोट अवस्था सामान्य
२ ऐ.ऐ. बस्ने वर्ष १५ कोआईतमान तामाङ:-हातमा चोट अवस्था सामान्य
३ ऐ.ऐ. बस्ने आईचर चालक निमा दोर्जे तामाङ
४ऐ.ऐ.बस्ने वर्ष १० कि रिता तामाङ :- टाउकोमा सामान्य चोट
५ ऐ.ऐ.बस्ने वर्ष २४ को प्रेम बहादुर तामाङ

20.33¡ÆC