घ्याङडाँडा दुर्घटनाको मृत्तकका परिवारलाई दुप्चेश्वर गाँउपालिकाबाट राहत रकम वितरण

पुस १५, २०७५ मा प्रकाशित | 11161 views

रामहरि न्यौपाने,
समुन्द्रटार, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा गत मंसिर २८ मा मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको परिवारलाई राहत स्वरुप शनिबार गाँउपालिकाले प्रति मृत्तक व्यक्तिका परिवारलाई रु २५ हजार उपलब्ध गराएको छ ।
गाँउपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेल सहितको टोलीले २१ जना मृत्तकका परिवारलाई भेट गरी मृतकको धार्मिक सँस्कार अनुसार परम्परागत कार्य गर्नको लागी राहत स्वरुप सो रकम उपलब्ध गराएको हो ।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमा समेत नहुने भएकाले सहयोग स्वरुप राहत रकम घर–घरमा नै पुगेर उपलब्ध गराएको गाँउपालिकाको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालय मार्फत घर–घरमा नै गएर प्रदान गरिएको छ ।

गाँउपालिकाको तर्फबाट मृत्तकका परिवारलाई राहत रकम उपलब्ध गराउन नेपाली काँग्रेस नुवाकोटका युवा नेता रमेशकुमार महत, वडा नं. ३ का वडाध्यक्ष धुव्रकर केसी, लगायत समेत सिसिपु पुग्नुभएको थियो ।

उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अबस्था निकै कमजोर भएकाले सहयोगको लागी गाँउपालिकाले गरेको अपिल अनुसार नुवाकोटको पञ्चकन्या गाँउपालिका –४ थप्रेकका इश्वर कार्की मार्फत संकलन भएको रु ४४ हजारमा नेविसंघका जिल्ला नेता कृष्ण मिश्रले रु छ हजार थप गरी त्यो रकम समेत गाँउपालिका मार्फत मृत्तक व्यक्तिका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको छ ।

यसैगरी, नुवाकोटको शिवपुरी गाँउपालिकाले मृत्तक व्यक्तिका परिवारलाई सहयोग स्वरुप रु दुई लाख १० हजार दुप्चेश्वर गाँउपालिकालाई उपलब्ध गराएको उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिनुभयो । उहाँको अनुसार त्यो रकम अब गाँउपालिकाले प्रति मृत्तक व्यक्तिको परिवारलाई रु दश÷दश हजार उपलब्ध गराउने भएको छ ।

दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोग स्वरुप दुप्चेश्वर गाँउपालिका–७ शिखरवेशीका व्यवसायी सुशील खड्काले यसअघि प्रति मृत्तकका परिवारलाई रु दश-दश हजार उपलब्ध गराउनुभएको थियो ।
गत पुस २८ गते भएको दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडौको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुको उपचारको क्रममा आर्थिक अभाव भएकाले सहयोगको लागी गाँउपालिकाले गरेको अपिल अनुसार दाताहरुबाट सहयोग जुट्नेक्रम पनि जारी रहेको छ । हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट सँस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा रु एक लाख, दुप्चेश्वर गाँउपालिका–६ समुन्द्रटारका मधुकर पाण्डेबाट रु एक लाख, हिरारत्न जलविद्युत आयोजनाले रु ५० हजार, सामुदायिक विकास केन्द्र नुवाकोटले रु ३९ हजार, शिक्षक संघ नुवाकोटले रु ११ हजार, दुप्चेश्वर गाँउपालिका–५ का वडासदस्य होमबहादुर तामाङले रु नौ हजार उपलब्ध गराएको गाँउपालिकाले जनाएको छ ।

घाइतेहरुको उपचारको लागी यहाँको जनप्रतिनिधिहरुको पहलमा नेपाल सरकारले निःशुल्क उपचारको लागी प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ ।
गएको मंसिर २८ गते सिम्टाङबाट सिसिपुतर्फ गइरहेको बा. ३ ख ३९१३ नं. को मिनीट्रक घ्याङडाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटना पश्चात चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी अझै फरार रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web