-रामहरि न्यौपाने,
नुवाकोट । नेपालमा हाल निर्माणाधीन राजमार्ग मध्ये गाँउदेखि सहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण नुवाकोटमा तिव्र बनाइएको छ ।
पाँचथरको पूर्र्वीभेगमा पर्ने चियोभञ्ज्याङ (नेपाल–भारत सीमा) बाट सुरु भएर बैतडीको झुलाघाटमा (महाकाली नदीसम्म) जोडिन् यो राजमार्गको मध्ये नुवाकोटमा पर्दछ । सडक निर्माणको लागी नुवाकोट मध्येविन्दुमा अबस्थित छ । पूर्वी खण्ड अन्तरगत पाटीभञ्याङसम्म ६५९ किमि र पश्चिम खण्डमा नुवाकोटको पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमि पर्दछ ।

आयोजनाका इञ्जिनियर दयानाथ यादवको अनुसार मध्येपहाडी सडक खण्डको नुवाकोटमा करीब ७० किमि पर्दछ । हाल पाँच खण्डमा काम भइरहेको सो सडकको नुवाकोटमा सिन्धुपाल्चोकस्थित चिसापानीबाट प्रवेश गरी पार्टीभञ्याङहुदै शेराबगर, छहरे, ढिकुरे, गंगटे, डेउडी, सामरीहुदै भ¥याङभुरुङबाट धादिङतर्फ लाग्दछ ।

जिल्लाको शिवपुरी गाँउपालिका, लिखु गाँउपालिका, विदुर नगरपालिका र म्यागङ्ग गाँउपालिका हुदै उक्त सडक धादिङतर्फ लाग्ने मध्येपहाडी सडक आयोजनाका पश्चिम खण्डका निमित्त प्रमुख इ.रमेश दृष्टिले जानकारी दिनुभयो ।
पहिलो खण्डमा पाटीभञ्याङदेखि थानसिंहको छहरेसम्म २७.५ किमि पर्दछ । यस खण्डमा नयाँ ट्रयाक खोल्ने र साविक सडक स्तरउन्नतीको काम सम्पन्न भएपछि हाल सात वटा पक्कि पुलको निर्माण र कालोपत्रे गर्न ठेक्का लगाइएको छ । समग्रमा सडक निर्माणको काम १६ प्रतिशत सम्पन्न भएको छ । सडकमा पर्ने सातवटा पुल मध्ये तीन वटा ठेक्का लगाउन बाँकी छ भने चारवटाको निर्माण भइरहेको छ । त्यसमध्ये तीनवटा अन्तिम चरणमा पुगेको पश्चिम खण्डका निमित्त प्रमुख दृष्टिले जानकारी दिनुभयो ।

दोश्रो खण्डमा जिल्लाको थानसिंहको छहरेदेखि खानीगाँउको ढिकुरेबजारसम्मको १३ किमि सडक विभाग अन्तर्गत रिप (सडक विस्तार आयोजना) मार्फत काम भइरहेको छ । यो सडक साविकको सडक अन्तरगत स्तरउन्नती गर्ने काम सम्पन्न भएकाले हाल कालोपत्रे गर्ने तयारी गरिएको यादवले जानकारी दिए । उनको अनुसार आगामी फागुनदेखि सुरुहुने कालोपत्रेको काम छ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तेश्रो खण्डमा ढिकुरेबजारदेखि विदुर नगरपालिका–५ गंगटेसम्म ७.३ किमि पर्दछ । यो सडक रमण–दिव्यज्योती जेभी मार्फत ठेक्का लगाएर कालोपत्रे गर्न निर्माणलाई तिव्र बनाइएको छ । हाल १७ स्थानमा एकै साथ आक्रामक शैलीमा निर्माणको काम भइरहेको इञ्जिनियर दयानाथ यादवले बताउनुभयो ।

चौथो खण्डमा विदुर नपा–५ गगटेदेखि विदुर नपा–१३ डेडडीसम्मको सडक विस्तार प्रारम्भिक अध्ययनको क्रममा छ । यो सडकको विस्तार तथा स्तरउन्नती कहाँबाट लैजाने हालसम्म अन्योल छ । यस खण्डको रेखाङ्कन तय भएको छैन भने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण हुन बाँकी छ ।

पाचौँ खण्ड अन्तरगत विदुर नपा–१३ डेउडीबाट धादिङको सीमाक्षेत्र भ-याङभुरुङसम्मको सडक १३.५ किमि पर्दछ । यादवको अनुसार यो सडकको स्तरउन्नती तथा ट्रयाक विस्तारको काम सम्पन्न भएपश्चात हाल कालोपत्रेको लागी मित्र–सञ्जिवनी जेभीलाई विस. २०७५ असार ६ गते ठेक्का दिइएको छ । यस सडक खण्डमा तीन वटा पक्कि पुल (कागुने, सामरी र भ-याङभुरुङ खोलामा) पर्दछ । तीनवटै पुलको निर्माणको काम आधा भन्दाबढी सम्पन्न भइसकेको छ ।
नुवाकोटमा मध्येपहाडी सडकको विस्तारले जिल्लाको दुगर्म तथा भौगोलिक रुपमा विकट मानिएका बस्तीहरुलाई सुगम र सहरसंग जोड्न महत्पूर्ण योगदान पु-याउने विश्वास लिइएको जिसस नुवाकोटका प्रमुख सन्तमान तामाङको बताउनुभयो ।

उहाँको अनुसार यस सडकले शिवपुरी गाँउपालिकाको पाटीभञ्याङदेखि छहरेसम्म सडक सुविधा बिहिन हुदाँ काठमाडौको चार वटा नगरपालिकासंग जोडिएको स्थानीयतह भएपनि विकट र दुर्गमको पहिचान अब हटाउन सक्ने आशा जगाएको छ ।

“यो सडक निर्माणले धादिङसंग जोडिएको म्यागङ गाँउपालिका र सिन्धुपाल्चोक र काठमाडौसंग जोडिएको शिवपुरी गाँउपालिकाबासीको जीवनस्तर उकास्न छलाङ ल्याउन सक्छ ।” तामाङले भन्नुभयो “यहाँको कृषि उब्जनी, जडिबुटी, पर्यटक प्रबद्धनले जिल्लाहुदै मुलुकलाई आर्थिक रुपमा समृद्धि बनाउन सकिन्छ ।”

आर्थिक रुपमा समृद्धिको लागी पूर्वाधारका अन्य माध्यमजस्तै सडकको हिस्सा महत्वपूर्ण रहेको तथ्यलाई उजागर गर्ने अवसर पनि बन्ने देखिन्छ । पूर्वी–पहाडदेखि पश्चिम–पहाडसम्म पहाडै–पहाड पहुँच पु¥याउने योजनाको समग्र काम भने अपेक्षा अनुसार प्रगति भने देखिएको छैन ।

15.33¡ÆC