धुञ्चे । रसुवाकी १६ वर्षीया एक बालिका बलत्कृत भएकी छिन् । बलत्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–६ का १९ वर्षीय दीपक खतिवडा, विदुर नगरपालिका–४ का संजीवकुमार गुप्ता र विदुरका २२ वर्षीय राजकुमार श्रेष्ठलाई रसुवा प्रहरी आइतबार पक्राउ गरेको हो ।

रसुवाको सदरमुकाम धुन्चेबाट टिमुरे जाँदै गरेको बा.४ ख ४३२ नम्बरको आइचर गाडीमा लिफ्ट मागेर गएकी बालिकालाई याङयाङ खोलामा पुगेपछि गाडीभित्रै बलत्कार उजुरीको आधारमा प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको जनाएको छ ।

गाडी रोकेर गाडी पछाडि सामान राखिएको ठाउँमा लगेर बलत्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

उनीहरूलाई टिमुरेबाट पक्राउ गरेर ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रञ्जन अवाले बताए । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म रसुवामा बलत्कार तथा बलत्कारको प्रयासका तीनवटा घटना भएको प्रहरीको तथ्याङ्क छ ।

20.33¡ÆC