मैलुङ । चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्ति भागेर त्रिशूली नदीमा बेपत्ता भएपछि आक्रोशित स्थानीयबासीले नुवाकोटको मैलुङ प्रहरी चौकीमा तोडफोड गरी दुई प्रहरीलाई घाइते बनाइदिएका छन् ।

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको निर्माण सामाग्रि चोरीको अभियोगमा पक्राउ परेका चार मध्ये उत्तरगया गाँउपालिका ३ का मैते तामाङ भाग्ने क्रममा नदीमा बेपत्ता भएपछि स्थानीयबासीले प्रहरीले बगाइदिएको भन्दै बिरोधमा आक्रमण गरी चौकी तोडफोड गरेका हुन् ।

स्थानीयको आक्रमणबाट चौकीका इञ्चार्ज प्रहरी हबल्दार चन्द्रिका भगत र प्रहरी जवान नवल किेशार राउत घाइते भएका छन् । स्थानीयले चौकीमा तोडफोड गर्दै प्रहरीको बा. २ झ १२१ नं.को गाडीमा समेत क्षति पु¥याइदिएका छन् ।

स्थानीयको आक्रमणबाट बच्न प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराइले जानकारी दिनुभयो । उहाँको अनुसार मंगलबार राती माथिल्लो त्रिशूली थ्री ए को निर्माण सामाग्रि चोरिरहेको समयमा रसुवा प्रहरीले उत्तरगया–२ का विकास परियार र नुवाकोटको विदुर नगरपालिका–३ का लक्ष्मी नेपालीलाई पक्राउ गरेको थियो ।

उनीहरुको बयानको अधारमा नुवाकोट प्रहरीले आज बिहान मैते तामाङ र सोही स्थानका मालव तामाङलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई थप कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा ल्याउने क्रममा आज अपरान्ह पैरेबेसी भन्ने स्थानमा आइपुगेपछि शौच गर्ने बाहनामा भाग्ने क्रममा मैते तामाङ नदीमा बेपत्ता भएका हुन् । उनको अबस्था थाहा हुन सकेको छैन भने घटनाको बिरोधमा स्थानीयले माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको काम समेत प्रभावित बनाउने चेतावनी दिएका छन् ।

बेपत्ता भएका व्यक्तिको खोजी भोलि बिहीबार बिहानैदेखि गर्ने र उत्पन्न समस्या समाधानको लागी सहजिकरण गर्ने गरी एक समिति पनि गठन गर्न लागिएको किस्पाङ गाँउपालिकको अध्यक्ष छत्रबहादुर लामाले जानकारी दिनुभयो ।

18.16¡ÆC