अमेरिकी सहायक मन्त्रीलाई प्रधानमन्त्रीको जवाफ-‘संविधानका असन्तुष्टी आन्दोलन हैन बार्ताबाट’

जेष्ठ २७, २०७३ मा प्रकाशित | 875 views

२७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री के पी शर्मा ओलीले संविधानमा भएका असन्तुष्टीको वार्ता र संवादवाटै समाधानखोज्न सकिने बताउनुभएको छ ।

दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी मुख्य उप सहायक विदेशमन्त्री विलियमटोडसँग आज प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्ता प्रधानमन्त्री ओलीले असन्तुष्टहरुलाई वार्तामाआउन पटक पटक आग्रह गरेको तर त्यसलाई अस्वीकार गरेर मुलुकलाई अस्थिर बनाउने प्रयास भएको बताउनुभयो ।

अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री टोडले संविधान कार्यान्वयनमा भइरहेका प्रयास र आर्थिक बिकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई गरिएको आह्वानको प्रशंसा गर्नुभयो ।

अमेरिकी मुख्य उपसहायक विदेशमन्त्री टोडले संविधानप्रति असन्तुष्टी राखेका दलहरुले वार्तामार्फत समाधानगर्ने नेपाल सरकारको प्रयासमा सहयोग गर्ने र संवादमार्फत नै सबै समस्याको समाधानहुने बिश्वास व्यक्तगर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web